बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *