थानकोटमा रहेको ऐतिहासिक गुफा उत्खननको कार्य सुरु, गुफाको अवस्था देख्दा सबै चकित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको ऐतिहासिक गुफा उत्खननको कार्यको सुरुवात भएको छ ।  

आइतबारबाट नगरको वडा नं. ४ थानकोटस्थित पानीघाट क्षेत्रमा रहेको सो गुफा उत्खनन कार्य सुरु भएको हो । 

नगरका प्रवक्ता एवं सो वडाका वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाका अन्य जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा गुफाका बारेमा जानकार स्थानीयहरू सहितको टोली गुफा रहेको स्थानमा पुगेको थियो । 

वडाध्यक्ष खड्गीका अनुसार गुफाको रहेको स्थानको बाहिरी भाग माटोले पुरिएको अवस्थामा पाइएको छ ।

थानकोटमा रहेको ऐतिहासिक गुफाको उत्खनन गरिँदै

करिब १० मिटर क्षेत्र पहिरोले पुरिएको रहेछ, सो पहिरो हटाउन मानव शक्ति लगाउने कार्य सुरु भइसकेको छ वडाध्यक्ष खड्गी भने । 

कडा चट्टानभएको भिरालो स्थानमा सो गुफाको प्रवेशद्वार रहेको हुँदा पहिरो हटाउन मानव श्रम शक्ति लगाउनुको विकल्प छैन त्यसैले १० जना श्रमिक हिजो (आइतबार) बाट नै गुफा रहेको स्थानमा खटाइसकिएको छ उनले भने । 

प्राचीनकालमा थानकोट क्षेत्रमा राज्य गरेका वाणासुरले दक्षिणकाली पुग्न सो गुफा हुँदै आवतजावत गर्ने गरेको किंवदन्ती रहेको छ ।

सुरक्षाको कारण देखाउँदै हाल सो गुफामा मानवीय गतिविधिमा रोक लगाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *