चन्द्रागिरि हिल्सका महाप्रबन्धक सन्जिव थापाले राजीनामा दिएपछि श्याम तण्डुकारलाई निमित्तको जिम्मेवारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजीव थापाले पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले मंसिर १८ गतेदेखि नै लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनीले अर्को व्यवस्था नभए सम्मका कम्पनीमा कार्यरत एक्जुकेटीभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ । सो जानकारी कम्पनीले मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी दिएको छ ।

थापा २०७९ बैशाख १ बाट हिल्सको महाप्रबन्धकमा नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *