मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने

Thankot Times

थानकोट ।

अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ ।

ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो ।

यहि मंसिर २४ आइतबारदेखि फुटपाटमा व्यापार गर्न नदिइने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरुले सामान बेच्दा भीडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हो ।

मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ ।

तस्बिरः ललितखबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ