सतुंगलमा ३२० बोरा अवैध चिनी बरामद
थानकोट ।
गत असोज २५ गते चन्द्रागिरि नगरपालिका ११ सतुगंलमा रहेको एक गोदाममा वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको स्थानमा करिब ३२० बोरा चिनी फेला परेको छ ।
विभागका अनुसार सो चिनी करिब १६ हजार केजीको परिमाणमा रहेको छ ।
शंकास्पद रुपमा केही अघि फेला परेको ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिएका छन् ।
अनुगमन टोलीले फेला पारेको चिनी सुरुमा आयातकर्ताले भन्सारबाट लिलाम गरेर काठमाडौं ल्याएको दाबी गरेका थिए । तर गुणस्तर परीक्षणमा चिनीको आयातकर्ताको दाबी र लिलामी गरिएको चिनीको बीचमा चिनीको गुणस्तर र कागजपत्रमा फरक देखिएपछि चिनी अवैध भएको खुलेको महानिर्देशक चिलुवालले बताए ।













