सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ  बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ ।
 
चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *