नागढुंगामा तास खेलिरहेका ३ जना प्रहरी नियन्त्रणमा, साथमा भेटियो १५ हजार रूपैयाँ
थानकोट ।
प्रहरी प्रभाग नागढुंगाले तास खेलिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्थानीय टहरामा तास खेलिरहेको अवस्थामा बुधबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथमा नगद १५ हजार रूपैयाँ र १ बुक तास बरामद भएको बताइएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













