गोठाटारमा ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेचेपछि…
थानकोट ।
एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । पानी किन्ने ट्राफिक प्रहरीले सो पसलका बारेमा महानगरमा उजुरी गरेपछि जरिवाना तिराइएको हो ।

ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।
यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो । किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन समेत निर्देशन दिएको थियो । त्यस्तै खानेपानी भर्नुअघि अनिवार्य निर्मलीकरण गर्न, ल्याब परीक्षण निर्देशन अनुसार समय समयमा गर्नेगरी प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन निर्देशन दिएको थियो ।













