थानकोट खरिबोटमा भयानक सवारी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते

Thankot Times

थानकोट ।

कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-०३ थानकोट खरिबोटमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार दिउँसो करिब ३ बजे थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही दिसातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि नगरपालिका-२ नागढुंगा निवासी स्कुटरचालक श्रीधर भुर्तेल र स्कुटरको पछाडी सवार अस्मिता भण्डारी घाइते भएकोमा भण्डारीको भैंसपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपरान्ह निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते स्कुटरचालक भुर्तेलको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी वृत्त थानकोटले जानकारी दियो । स्कुटरमा सवार श्रीघर र अस्मिता श्रीमान श्रीमती रहेको बताइएको छ ।

घटना संलग्न दुवै सवारी साधन तथा ट्रक चालक प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *