दरबारमार्गबाट इन्द्रस्थानसम्म रोयल एनफिल्ड हन्टर र्याली
थानकोट ।
युवा पुस्ता माझ रोजाइमा पर्दै आएको मोटरसाइकल ब्राण्ड रोयल एनफिल्डको नयाँ उत्पादन हन्टर-३५० सीसीका चालकहरूले शनिबार काठमाडाैंको दरबारमार्गबाट चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानसम्म र्याली गरेका छन् ।
शनिबार बिहान नक्सालस्थि अल्फा अटोमोटिभ प्रालिबाट सुरु भएको र्याली शहिदगेट, कालिमाटी, कलंकी, खड्का गाउँ, कंकाली हुँदै इन्द्रस्थानस्थित काजी कालु पाँडे स्मृति पार्कमा पुगि सम्पन्न भएको थियो ।
र्यालीमा काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका गरि ४१ जना रोयल एनफिल्ड हन्टर-३५० मोटरसाइकल चालक सहभागी भएको बताइएको छ ।
काठमाडाैं उपत्यकामा आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनिरहेको इन्द्रस्थान क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सो र्याली आयोजना गरिएको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ ।
रोयल एनफिल्डको हन्टर ३५० सीसी मोटरसाइकल गत भदाै महिनामा काठमाडाैंमा सम्पन्न नाडा प्रदर्शनीबाट नेपाली बजारमा आएको हो ।
तस्बिर तथा समाचार स्रोतः उत्तम कार्की ।












