पोखराका १७ वर्षीय किशोरले यात्रु बस चोरेर चितवन पुर्याएपछि

Thankot Times

थानकोट ।

पोखराबाट एक किशोरले बस चोरी गरेका छन् ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा पार्किङ गरि राखेको बस चोरेर लैजाँदै गर्दा किशोर पक्राउ परेका छन् ।

गत शुक्रबार ग. १ ख. ९६३८ नम्बरको बस उनले चोरेर चितवन लगेका थिए ।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थाल्यो । चितवनस्थित भरतपुर महानगरपालिका-११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

किशोरको परिचय प्रहरीले गोप्य राखेको छ ।

उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *