सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार हुने साताको दोश्रो दिन सोमबार  सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *