सतुगंलमा मंसिर २९ गते नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी सो हुने

Thankot Times

थानकोट ।

नेपाल भाषाको प्रवर्द्धनका लागि अक्षय कोष स्थापना गर्न नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी सो हुने भएको छ ।

बलम्बु मिसा पुचः र लुस्वाँ पुचःको  संयुक्त आयोजनामा मंसिर २९ गते शुक्रबार चन्द्रागिरि नगरपालिका सतुंगलस्थित डि एम सिनेमा घरमा सो चलचित्र प्रदर्शनी हुने बताइएको छ । अजय दुवालले निर्माण गरेको सो चलचित्र पुरुषोत्तम पक्काले निर्देशन गरेका हुन् ।

चलचित्र बिहान ११ः३० बजे ज्येष्ठ नागरिकहरूका लागि तथा अपरान्ह ३ बजे अन्य उमेर समुहका लागि प्रदर्शनी हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *