चन्द्रागिरि नगरपालिकाको कार्यालयमा आज र भोलि स्थानीय हाटबजार सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा आज र भोलि (मंसिर २७ र २८ गते) स्थानीय व्यवसायीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा विक्री वितरणका लागि हाट बजार सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिइ व्यवसाय सञ्चालन गरिरहनुभएका व्यवसायीहरू र माैलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीहरूले उत्पदान गरेका वस्तुहरूको प्रदर्शनी तथा बिक्री वितरण हुने भएको हो ।

हाटबजार बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म बलम्बुस्थित चन्द्रागिरि नगर कार्यपालिकाको प्राङ्गणमा सञ्चालन हुने चन्द्रागिरि नगरपालिका आर्थिक विकास शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *