सदस्यहरूलाई थाङ्का बनाउने तालिम दिँदै परिश्रमी साकोस

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित परिश्रमी बचत तथा ऋण सहकारी संस्थाले सो संस्थाका सदस्यहरूलाई स्वरोजगार तथा उद्यमी बनाउने ध्येयले थाङ्का बनाउने तालिम दिने भएको छ ।

तालिम कार्यक्रममा सहभागी हुन चाहने परिश्रमी साकोसका सदस्यहरूले पाैष १० गतेभित्र नाम दर्ता गराउन सक्ने साकोसले जनाएको छ ।

तालिम ३ महिनाको हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *