काठमाडाैंको सुन्धारामा तिव्र गति हुँइकिएको माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते

Thankot Times

थानकोट ।

सुन्धारास्थित काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना  घाइते भएका छन् ।

बुधबार साँझ करिब साढे ६ बजे बौद्ध जोरपाटी रुटमा गुड्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा १ ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा ५ ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ ।

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *