दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

Thankot Times

थानकोट ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

बिहीबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको जनाइएको छ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *