नेपाली सेनामा खुल्यो जागिर, नर्सदेखि पण्डितसम्म माग
थानकोट ।
नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।














