सतुगंलमा आज नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी सो गरिँदै
थानकोट ।
नेपाल भाषाको प्रवर्द्धनका लागि अक्षय कोष स्थापना गर्न आज नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी सो हुने भएको छ ।
बलम्बु मिसा पुचः र लुस्वाँ पुचःको संयुक्त आयोजनामा आज शुक्रबार चन्द्रागिरि नगरपालिका सतुंगलस्थित डि एम सिनेमा घरमा सो चलचित्र प्रदर्शनी हुने बताइएको छ ।
अजय दुवालले निर्माण गरेको सो चलचित्र पुरुषोत्तम पक्काले निर्देशन गरेका हुन् ।
चलचित्र बिहान ११ः३० बजे ज्येष्ठ नागरिकहरूका लागि तथा अपरान्ह ३ बजे अन्य उमेर समुहका लागि प्रदर्शनी हुने बताइएको छ ।













