जिपकाे ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयाे, अर्का एकजना भेन्टिलेटरमा

Thankot Times

थानकोट ।

महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको मदन चोकमा गाडीले ठक्कर दिँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ। सोही घटनामा अर्का एकजना प्रहरी गम्भीर घाइते भएका छन्।

बिहीबार राति भे १ च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई  ठक्कर दिएको थियो।  घाइते भएका प्रहरी जवान विशाल ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो। अर्का घाइते प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्रीको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ।

प्रहरीलाई ठक्कर दिएर भागेको बलेरो जी सहित चालकलाई गोर्खा बोर्डिङ स्कुल नजिकैबाट नियन्त्रणमा लिइएको छ।  दुवै प्रहरी बाँकेबाट सुर्खेत जाने रत्नराजमार्ग खण्डको चपेपाङमा कार्यरत थिए। त्यहाँ डिउटी सकेर बर्दिया घर जान आएका थिए। सोही क्रममा मदन चोकमा गाडी रोक्न खोज्दा जिपले ठक्कर दिएको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *