साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुन्छ- महानगर प्रमुख बालेन्द्र शाह

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका समान रहेकाले सबैले सहयोग गर्नु पर्ने बताए । 

बालेनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

उनले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे । 

मेयर बालेनले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *