प्रति लिटर ३-३ रूपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य
थानकोट ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।














