बलम्बुबाट २५ किलो चरेससहित दुई जना समातिए

Thankot Times

थानकोट ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।

२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू शनिबार चन्द्रागिरि नगरपालिका १२ बलम्बुबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ कोइली खर्क बस्ने ५० वर्षीय कान्छा तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।

‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  गोविन्द थपलियाले भन्नुभयो । 

यस्तै, शनिबार नै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *