माैलिक सिपमा आधारित २२ प्रकारका व्यवसायीहरूका लागि अनुदान वितरण गर्दै चन्द्रागिरि नगर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई यसपटक पनि अनुदान वितरण गर्ने भएको छ ।

माैलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धन तथा अनुदान कार्यविधि-२०७९ बमोजिम विभिन्न २२ प्रकारका व्यवसायहरूका लागि नगरले अनुदान वितरण गर्ने कार्यक्रम स्वीकृत भएको नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार परालको चप्पल, सुकुल, गुन्द्री, गलाैंचा बुन्ने, काष्ठकला, डोको, थुन्चे, डालो, नाङ्लो, सोली, ढकी, कोक्रो, पेरूङ्गो, मुढा बुन्ने, दुना टपरी गाँस्ने लगायतका व्यवसायसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूका लागि अनुदान वितरण गर्न लागिएको हो ।

यसअघि अनुदान प्राप्तिका लागि मंसिर ३० गतेभित्र सम्बन्धित वडा मार्फत नगरपालिकामा निवेदन पेश गर्न सकिने जनाइएकोमा सो अवधि पाैष मसान्तसम्म कायम गरिएको नगरपालिकाले जनाएको छ ।

नगरले यस भन्दा अघि अनुदान प्राप्त गरिसकेका अनुदान ग्राहीहरूले चालु आवमा निवदेन पेश गर्न नपाइने सबैमा सूचित गरेको छ ।

अनुदानका प्राप्तीका लागि को-को योग्य हुनेछन्, सूचना हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *