घरबाटो सिफारिस गरिदिने भन्दै लिएको ५ लाख घुससहित वडाध्यक्ष पक्राउ

Thankot Times

थानकोट । 

बाराका एक वडाअध्यक्ष ५ लाख रुपैयाँ  घुससहित पक्राउ परेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *