सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *