१ हजार २ सय किलो प्याज बोकेको गाडी प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

मकवानपुर प्रहरीले १ हजार २ सय किलो प्याजसहित गाडी नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्याज ‘लोड’ गरिएको म.प्र.०३-००१च ७७८० नम्बरको बोलेरो पिकअप गाडी सर्लाहीबाट काठमाडौंतर्फ आउँदै थियो । उक्त प्याजको बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख रहेको प्रहरीले जनाएको छ ।

बिलका विषयमा शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिई प्रहरीचौकी रातोमाटेमा राखिएको जानकारी गराइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *