काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि ४ दिन विद्युत आपूर्ति बन्द

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।

आज चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *