चोरीको मोटरसाइकल हाँक्दै गरेका अर्जुन कीर्तिपुरबाट समातिए

Thankot Times

थानकोट । 

बुधबार दिउँसो करिब १ बजे ।

कीर्तिपुर नगरपालिका वडा नं.६ चोभारस्थित सडकमा प्रदेश ३-०३-००१ प.४६८३ नम्बरको कालो रातो रंगको २२० सीसी पल्सर मोटरसाइकलमा हुँइकिएका थिए मकवानपुरको हेटौडा नगरपालिका वडा नं.१४ मयुरधाप बस्ने वर्ष २७ को अर्जुन बानियाँ । प्रहरीले शंका लागि अर्जुनले हाँकेको मोटरसाइकल जाँच्यो जसको वास्तविक च्यासिस र इन्जिन नं. फरक भएको पाइयो ।

जुन मोटरसाइकलको वास्तविक च्यासिस र इन्जिन नं. वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०१७ प. १०८९ नम्बरको मोटरसाइकलको भएको खुल्न आएको फेला पर्यो जुन मोटरसाइकल मिति २०८० मंसिर ११ गते ललितपुर महानगरपालिका वडा नं.२५ सफलमार्गबाट हराएको भनि रमेश खरेलले निवेदन दिएको प्रहरी अनुसन्धानबाट खुल्यो । 

प्रहरीले तत्कालै सो मोटरसाइकलसहित अर्जुन बानियाँलाई खानतलासी पुर्जि, जरुरी पक्राउ पुर्जि दिई बरामदी मुचुल्कासहित आवश्यक छानबिन तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ । 


One thought on “चोरीको मोटरसाइकल हाँक्दै गरेका अर्जुन कीर्तिपुरबाट समातिए

  1. यो चोर्ने लुट्ने को चै धन माल को मुल्यांकन गरि हात को औला नै ठुटे हुने गरि कद्दिनु पर्यो तै नि साम्य हुथ्यो कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *