बिहानै स्तब्ध बनाउने खबर, दुर्घटनामा दम्पतीसहित एकै गाउँका ५ जनाकाे मृत्यु

Thankot Times

थानकोट ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना  हुँदा पाँचजनाको मृत्यु भएको छ । 

गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। 

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्धार गरिएको छ। 

दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। हाल घाइतेको त्यही अस्पतालमा उपचार भइरहेको छ। 

उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *