चन्द्रागिरि हिल्सका शेयरधनीले यसपटक लाभांश नपाउने
थानकोट ।
चन्द्रागिरि हिल्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । गतवर्ष पनि कम्पनीका शेयरधनीले लाभाशं पाएका थिएनन् ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले १४ औ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। कम्पनीले सभा आगामी पुस २४ गते चन्द्रागिरि हिल्सको कार्यालयमा बोलाएको छ।
सभामा लेखापरिक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबसहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस १३ गते बुकक्लोज गर्ने भएको छ।













