सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ४६५ रुपैयाँँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *