सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन
थानकोट ।
सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले ४२ वटा पदका लागि दरखास्त माग गरेको हो ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।
आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ ।
दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।













