नेकपा एमाले चन्द्रागिरि-१ को अध्यक्षमा कविराज खड्का

Thankot Times

थानकोट ।

नेकपा एमाले चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकको अध्यक्षमा कविराज खड्का चयन भएका छन् । 

सो पार्टीको शनिबार सम्पन्न दोश्रो वडा अधिवेशनले खड्काको नेतृत्वमा २७ सदस्यी वडा कमिटि गठन गरेको बताइएको छ । 

नेकपा एमाले स्थायी सदस्य तथा काठमाण्डौ निर्वाचन क्षेत्र नं ९ का संघीय सांसद् कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिनेश थापामगर, सचिवमा राजन गिरी, उपसचिवमा उर्मिला सिग्देल तथा सुरेन्द्र गिरीलाई चयन गरेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । 

वडा अधिवेशनमा बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य तथा चन्द्रागिरि इन्चार्ज सर्मिला कार्की, प्रदेश कमिटी सदस्यहरु हरिशरण थापा, बेली मैया घले, लिशा नकर्मी, सन्तोष खड्का लगायतको उपस्थिति रहेको थियो । 

अधिवेशनले विभिन्न पाँच वटा प्रस्ताव समेत पारित गरेको बताइएको छ जसमा 

१. चन्द्रागिरि वडा नं १ र १२ जोडने अस्थायी पुल तुरुन्त विस्थापित गरि सो ठाउँमा नयाँ स्थायी पुल निर्माणको लागि सम्बन्धित निकायको ध्यानार्कषण सहित पुल बनाउन बनाउन जोडदार माग गर्ने ।

२. चन्द्रागिरि वडा नं. १ र ७ जोड्ने त्रिवेणी धाममा अलपत्र पुल तत्काल निर्मााणको लागि माग गर्ने ।

३. चन्द्रागिरि १ मा रहेको गणेशमान प्राविधिक शिक्षालय अन्यत्र सारिएकोप्रति दुःख व्यक्त गर्ने ।

४. चन्द्रागिरि १ मा निर्माण भई रहेको सुरुङमार्गले स्थानीय बासिन्दाहरूमा परेको समस्या तत्काल समाधानको जोडदार माग गर्ने।

५.चन्द्रागिरि १ मा रहेको नेपालका १ सय वटा पर्यटकीय गन्तव्यहरू मध्येको दहचोक इन्द्रस्थान, कालु पाँडे समाधीस्थलको व्यापक विकास गरि पर्यटन क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग माग गर्ने ।

रहेका छन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *