पुस १४ गते हुने ‘हाइक टू इन्द्रस्थान’ को टिकट इसेवाबाट पनि खरिद गर्न सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकको आयोजना हुने पैदल यात्राको टिकट अनलाइनबाट पनि खरिद गर्न पाइने भएको छ ।

चन्द्रागिरि हाइकर्स कम्युनिटिसँगको सहकार्यमा यहि पाैष १४ गते शनिबार आयोजना हुने सो पैदल यात्राको तयारी तिव्र बनाइएको छ ।

कम्युनिटिका अनुसार पैदल यात्रामा सहभागिताका लागि पाँच सय रूपैयाँ निर्धारण गरिएको छ । सो शुल्कबाट सहभागीहरूले चिया, दिउँसोको खाना तथा टोपी (क्याप) प्राप्त गर्नेछन् ।

करिब १५ किलोमिटर दुरीको सो पैदल यात्रा कार्यक्रम शनिबार बिहान ७ बजे स्थानीय घट्टेडाँडाबाट सुरु भइ खहरे बजार, झिंगटी घर, मयलपानी, तीनपोखरी, विन्द्यवासिनी मन्दिर, स्वीजरल्याण्ड पार्क, धैरेनी डाँडा (हेभन डाँडा), झाँगाझिटी, फरेष्ट क्याम्प हुँदै कालु पाँडे समाधिस्थलमा पुगि सकिनेछ ।

पैदल यात्राका क्रममा पैदल मार्गका दायाँ बायाँ भेटिएका प्लाष्टिकजन्य फोहोर संकलनका लागि विशेष तयारी भइरहेको छ ।

चन्द्रागिरि हाइकर्स कम्युनिटिले यसअघि जेठ २० आयोजना गरेको थानकोटबाट भालेश्वर डाँडासम्मको पैदल यात्रामा ६ सय जना भन्दा धेरै सहभागि भएका थिए ।

चन्द्रागिरि हाइकर्स कम्युनिटिले पाैष १४ गते हुने पैदल यात्रामा करिब ५ सय जनाले सहभागिता जनाउने अपेक्षा गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *