हिटर बालेर सुतेका वृद्धको निसास्सिएर मृत्यु, श्रीमती बेहोस अवस्थामा फेला
थानकोट ।
हिटर बालेर सुतेका एक वृद्धको निसास्सिएर मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका ८२ वर्षका कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो ।
हिटर बालेर सुतेका उनी अबेर बिहानसम्म नउठेपछि ढोका खोलेर हेर्दा बेहोस अवस्था फेला परेका थिए । उपचारका लागि अस्पताल लगे पनि कर्मालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
सोही कोठामा सुतेकी कर्माकी ८१ वर्षिया श्रीमती असनी लामा पनि बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।













