चन्द्रागिरि नगरमा अब घर नक्सापास सम्बन्धी सम्पुर्ण प्रकृया विद्युतीय माध्यमबाट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले पूर्ण विद्युतीय माध्यमबाट घर नक्सा पास प्रणालीको शुरूवात गरेको छ।
बुधबार नगर प्रमुख घनश्याम गिरीले विद्युतीय हस्ताक्षरसहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै सो प्रणालीको शुरूवात भएको जानकारी गराएका हुन् ।
अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणाली (इबीपीएस) सेवा सुरु भएसँगै अब नगरबासी सेवाग्राहीहरूले अनलाइनबाट नै घर नक्सा पासको निवेदन दिन सक्नेछन् र फाइल बोकेर वडा र पालिका धाउनुनपर्ने बताइएको छ । 
सो क्रममा नगरप्रमुख गिरीले अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणालीमार्फत गर्न लागिएकोले चन्द्रागिरि नगरपालिकाको सम्पूर्ण सेवा विद्युतीय प्रणाली (अनलाइन) मार्फत प्रदान गरि नगरलाई पूर्णरूपमा डिजिटल नगरपालिका बनाउने प्रयास भइरहेको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *