नागढुंगा सुरुङ मार्गको मुल सुरूङ खन्न अब ९८.६० मिटर बाँकी

Thankot Times

थानकोट ।

नागढुंगा सुरुङ मार्गको मुल सुरुङ खन्न बल ९८.६० मिटर बाँकी रहेको आयोजनाले जनाएको छ।

हिजो बुधबार सार्वजनिक आयोजनाको पछिल्लो प्रतिवेदन अनुसार सुरुङको ‘ब्रेक थ्रु’का लागि अब मात्र ९८.६० मिटर खन्न बाँकी रहेको बताइएको छ ।

कुल २ हजार ६८८ मिटर लम्बाइ रहेको सुरुङको २ हजार ५८९.४० मिटर सुरुङ खनिइसकिएको आयोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुले जानकारी दिएका छन् । उनका अनुसार आयोजनाको सुरुङतर्फको मात्र प्रगति अब ९८.२० प्रतिशत पुगेको छ ।

अब बाँकी १.८० प्रतिशत काम सम्पन्न भएसँगै सुरुङ ‘ब्रेक थ्रु’ हुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *