चन्द्रागिरि नगरका सम्पदा सम्बन्धी अन्तर्कृया कार्यक्रम सुरु
थानकोट ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आज शुक्रबार चन्द्रागिरि नगरका सम्पदा सम्बन्धी अन्तर्कृया कार्यक्रम आयोजना भइरहेको छ।
चन्द्रागिरि नगरपालिका भालेश्वरस्थित चन्द्रागिरि हिल्समा जारी अन्तर्कृयाका दाैरान चन्द्रागिरि नगर क्षेत्रका संस्कृति प्रवर्द्धन तथा पर्यटन विकासको सम्भावनाबारे विचार विमर्श भइरहेको बताइएको छ।
कार्यक्रमकाे नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका छन् ।
अन्तर्कृयामा त्रिविका प्रा.डा. प्रेमकुमार खत्री लगायतले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तालिका रहेकाे छ ।
चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार चन्द्रागिरि नगरको संस्कृतिको प्रवर्द्धन गरि पर्यटन विकासका सहयोग पुग्ने हेतुले सो अन्तर्कृया आयोजना भएकाे हाे ।
अन्तर्कृया कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, नगर कार्यपालिका सदस्यहरु, नगरका प्रमुख प्रशासकीय अधिकृत, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु तथा शाेधार्थीहरु लगायतकाे उपस्थिति रहेकाे छ।
कार्यक्रम तालिका:














