त्रिभुवन पार्कको टिकट इसेवाबाट पनि काट्न सकिने

Thankot Times

थानकोट ।

थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क)को टिकट अब अनलाइन पनि काट्न सकिने भएको छ ।

पार्कमा प्रवेश गर्न अब इसेवाबाट समेत रकम भुक्तानी गर्ने सेवा थप गरिएको त्रिभुवन पार्क व्यवस्थापनले जनाएको छ ।

हाल सो पार्क प्रवेशका लागि ५० रुपैयाँ टिकट दर तोकिएको छ भने विद्यार्थीहरूका लागि सो बापत शुल्क ३० रूपैयाँ शुल्क लाग्दछ ।

पछिल्लो समय घुम्न तथा वनभोजका लागि त्रिभुवन पार्क आउने आगन्तुकहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *