काठमाडौंमा बलात्कार आरोपमा युवक पक्राउ

Thankot Times

थानकोट ।

बलात्कारको आरोपमा शुक्रबार राति प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय दिलबहादुर तामाङ छन् । उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा डेरा गरी बस्दै आएका थिए ।

१५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । भंगालस्थित कालिका पार्कमा उनले बलात्कार गरेको उजुरी प्रहरी कार्यालयमा दिइएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *