नागढुंगा नाकाबाट समातिए एकै गाउँका २ जना

Thankot Times

थानकोट ।
प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८० ग्रमा ७ मिलिग्रामसहित झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय बबुला मर्डीलाई शनिबार बिहान पक्राउ गरेको  छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौं आउँदै गरेको प्रदेश १-००१ ख ३८४३ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा हुडीमा लुकाई ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

सो घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ४६ वर्षीय भोला मर्डीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *