एकता दिवसका अवसरमा कीर्तिपुरमा ८ किलोमिटर दाैड प्रतियोगिता हुने

Thankot Times

थानकोट ।
३०२औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा ८ किलोमिटर दाैड प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि वडा नं. ९ मच्छेथाउँ तथा नेपाली भुतपूर्व सैनिक समुहको सहकार्यमा पुस २७ गते सो दाैड प्रतियोगिता हुन लागेको हो ।
कीर्तिपुर नगरपालिका-४ टुसाल तीधारामा हुने प्रतियोगिता बिहान ७ः३० बजे सुरु हुने चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *