सुनकाे भाउ तोलामा पाँच सय रुपैयाँले बढ्याे
थानकोट ।
नेपाली बजारमा सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो सोमबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको बिहीबार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।
यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।













