म्याद थपका लागि काठमाडाैं जिल्ला अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागेपछि..

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन्।

बुधबार म्याद थपका लागि अदालत पुर्‍याइएका विमल खड्का हतकडीसहित भागेको जिल्ला प्रहरी परिषद काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

खड्कालाई महाराजगञ्ज प्रहरीले उनलाई पक्राउ गरेको थियो। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए।

फरार खड्कालाई अहिले प्रहरीले खोजिरहेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *