नागढुंगा नाकाबाट समातिए जयराम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा जाँच नाकाबाट नेपाल प्रहरीले नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा समेतबाट खटिएको प्रहरी टोलीले बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

जयराम पक्राउ परेको सन्दर्भमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *