२२ वर्षीय रिकी यसकारण नागढुंगा नाकाबाट पक्राउ परिन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवती पक्राउ परेकी छन् ।

करिब ८ ग्राम २ मिलिग्राम लागु औषधसहित मोरङ बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय रिकी शर्मालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी शर्मामाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *