पुस २८ गते मच्छेगाउँमा हाइकिङ कार्यक्रम

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँको पर्यटन प्रवर्द्धनका लागि एक दिने हाइकिङ कार्यक्रम आयोजना हुने भएको छ ।

आगामी पुस २८ गते शनिबारका लागि तय गरिएको सो कार्यक्रम बिहान ७ बजे मत्स्यनारायण प्रवेशद्वारबाट सुरु हुने बताइएको छ ।

हाइकिङ स्थानीय मत्स्य नारायण मन्दिर-मानेडाँडा-बाघ भैरव मन्दिर-पुष्पलाल पार्क-ज्वालादेवी मन्दिर-खरिबोट-बुद्ध स्तुप-शान्ति स्तुप-माैलो पोखरी हुँदै नारायनजन माविमा पुगी समापन हुने चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहभागिताका लागि पाँच सय रूपैयाँ तोकिएको र सहभागी सबैका लागि टोपी, बिहानी खाजा तथा दिवा खानाको व्यवस्था हुने बताइएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *