नेपालमा सुनको भाउमा गिरावट हुने क्रम जारी
थानकोट।
कारोबार हुने साताको तेस्रो दिन नेपाली बजारमा बहुमुल्य धातु सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।
हिजो सोमबार तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ आज स्थिर छ ।
हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।













