थानकोटमा दिनहुँ हराउन थाले ढोकाका कलश, पिडित भन्छन प्रहरीमा उजुरी गर्ने कि नगर्ने कन्फ्यूज !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने क्षेत्रका घरका ढोकामा राखिएका धातुका स-साना कलश हराउने क्रम बढेको छ ।

पिडितका अनुसार एकै घरमा लगातार तेस्रोपटक कलश हराएका छन् ।

साँझसम्म थियो, भोलिपल्ट उठेर जल फेर्न खोज्दा कलश रहेनछ, एक पिडितले भने ।

हेर्दा सानो कुरा हो तर लगातार हराउन थालेपछि ढोकामा कलश राख्नै छाडें उनले भने । आज कलश हरायो भने चुप लाग्याैं भोलि ठूलै धनमाल चोरी हुन सक्छ । स्थानीय प्रशासन यस बारेमा बेखबर पक्कै छैन होला तर सुरक्षा चुनाैती झनझन थपिँदो एक पिडितले भने ।

सानो सामान प्रहरी कहाँ उजुरी गर्ने कि नगर्ने हामी दोधारमा छाै, अर्का पिडितले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ